चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला

Olanchungolaताप्लेजुङ, साउन ७ गते । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो ।

शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको सबै भन्दा विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसीले शुक्रबार रातभर नाचगानसहित जाग्राम नै बसेका थिए ।

टिपतालादेखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा रु तीन करोड बढी खर्च भएको छ । राज्यको भन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिनुभयो । उहाँका अनुसार रु दुई करोड ५० लाख बालुङ समाजले संकलन गरेको थियो ।

यस्तै सांसद विकास कोष र साविकको गाविस समेतको गरी रु ५३ लाख रहेको छ । ओलाङचुङ्गोलामा जन्मिएर देश तथा विदेशमा बसोवास गर्दै आउनुभएका बालुङहरुले सडक निर्माणका लागि सहयोग गरेका हुन् । उपभोक्ता समितिले सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ ।

यता २०६६ साल देखि सुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण कार्य भने फक्ताङ्लुङ गाँउपालिकाकको तापेथोकमा पुगेको छ । हाल सम्म ४१ किलोमिटर ट्रयाक खोलिएको छ भने बाँकी ३५ किलोमिटर ट्रयाक खुले ओलाङ्चुङगोला संग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिने छ ।

उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले यो सडक निर्माणका लागि सरकारले यो वर्ष ६० करोड रुपैँया विनियोजन गरेको र वहु वर्षिय ठेक्कामा लगाउने निर्णय भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter