• Monday, April 14, 2025

सडक बालबालिका नियन्त्रणमा जोड

children-parentsइटहरी, साउन ९ गते । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ ।

भ्वाइस अफ चिल्ड्रेन इटहरीले यहाँ आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ समाजका सचेत वर्गका रुपमा रहनुभएका सञ्चारकर्मीले विशेष चासोका साथ हेर्नुपर्ने विचार व्यक्त गरियो ।

समाज रुपान्तरण र जिम्मेवार समाज निर्माण गर्दै राज्यको हरेक निकायलाई कर्तव्यप्रति जवाफदेही तुल्याउन सक्रिय सञ्चार क्षेत्रले जिम्मेवार भएर बाल हेल्प लाइन १०९८ को महत्वलाई बुझेर समाजका हरेक निकायलाई कर्तव्यनिष्ठ तुल्याउन सञ्चारकर्मी सक्रिय भएको अवस्थामा बालबालिका सडकमा आउने विषयसमेत रोकिने विश्वास गरिएको छ । कार्यक्रमका सहजकर्ता वक्ताहरुले सडकमा आउने बालबालिकाको संरक्षण र रोकथाममा राज्यले जति नै संवेदनशील भएर सक्रिय रहे पनि यसतर्फ सञ्चारमाध्यम सचेतनापूर्वक नलागेसम्म सडकमा आउने बालबालिकाको समस्याको निकास निक्लन नसक्नेतर्फ जोड दिनुभएको छ । गरिबी, अशिक्षा, परिवारको विखण्डन, बाल विवाह, अन्तर जातीय विवाह र पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने परिवारमा फैलिएको विकृति लगायतका कारणले बालबालिका सडकमा आउन बाध्य हुने गरेका घटनाहरु पनि विद्यमान रहन गएकाले अब त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने कार्यक्रमका वक्ता एवं सहजकर्ताले विषयवस्तु औँल्याउनुभएको छ ।

त्यस कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेन अभियानका सुमन अधिकारी, राज घिमिरे, भरत थापा, अमर खड्का लगायतले सडक बालबालिकाले भोग्नु परेका समस्याका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीले पनि आ–आफ्नो अनुभव र दृष्टिकोण राख्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter