अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

Akabare Khursaniपाँचथर, साउन १२ गते । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उहाँले अकबरे खुर्सानी रोप्न थाल्नुभयो ।

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक रु तीन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्नुहुन्छ । उहाँको खुर्सानी बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ ।

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दैआउनुभएको छ । अलैँची खेतीबाट उहाँले वार्षिक रु पाँच लाखसम्म तथा सुन्तला खेतीबाट वार्षिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । नेम्बाङ राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसक्नुभएको छ ।

“जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,”उहाँले भन्नुभयो । गाउँमै २० रोपनी जग्गा किनेर अहिले उहाँ व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter