फिफा वरियतामा नेपालको एक स्थान सुधार

FIFAकाठमाडौँ, साउन २६ गते । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ आँै तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् ।

ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter