• Tuesday, April 22, 2025

नौतले दरबारको पुनःनिर्माण शिलान्यास

Basantapur-Darbar-Squareकाठमाडौँ, साउन ३१ गते । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंँ वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको छ ।

वसन्तपुरस्थित मूल चोकमा मङ्गलबार आयोजित विशेष समारोहमा दुई उपप्रधानमन्त्रीले उक्त सम्पदा पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो ।

२०७२ सालको भूकम्पका कारण नौतले दरबारको तीन तलभन्दा माथिको भाग पूर्ण रुपमा भत्केको छ । दरबारलाई युनेस्को मापदण्ड अनुसार चीन सरकारले पुनःनिर्माण गर्ने भएको हो । दरबार पुनःनिर्माणका लागि एक करोड आरएमबी (करिब १५ करोड ३६ लाख रुपियाँ) खर्च लाग्ने अनुमान गरिएको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल र चीनबीच शताब्दीऔँदेखि बलियो सम्बन्ध स्थापित हुँदै आएको चर्चा गर्दै नेपाललाई विपद् परेको समयमा चीनको सहयोगले दुई देशका जनताबीच उच्च तहको सम्बन्ध अझ दरिलो हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँ भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा चीन सरकारले देखाएको तत्परताको पनि प्रशंसा गर्नुभयो । चीन सरकारले काठमाडौँको वसन्तपुरका साथै नुवाकोटको साततले दरवारको पनि पुनःनिर्माण गर्न इच्छा व्यक्त गरेको छ ।

कार्यक्रममा चीनका व्यापार तथा चाइना इन्टरनेसनल टे«डका उपमन्त्री यु जिङ्हावले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण महत्वपूर्ण रहेको बताउँदै त्यस अवसरमा भूकम्पका कारण भत्किएका सम्पदा पुनःनिर्माणमा चीन सरकारको सहयोगले दुई देशवीचको सम्बन्ध थप सुदृढ गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भूकम्पपछि चीन सरकारले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता अनुसार नै नौतले र साततले जस्ता ऐतिहासिक सम्पदा पुनःनिर्माणमा सहयोग गर्न तयार भएको बताउनुभयो । ती दरबार निर्माणका लागि चिनियाँ विशेषज्ञ र नेपाली विशेषज्ञले संयुक्त रुपमा काम गर्ने उहँँको भनाइ थियो । त्यस अवसरमा चिनियाँ उप्रधानमन्त्री वाङले बसन्तपुर दरबारका विभिन्न चोकको अभिरुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।

सन् १७७० मा निर्माण गरिएको उक्त दरबार माटो ,ईँटा र काठले बनेको छ । प्यागोडा शैलीमा निर्माण भएको उक्त दरबार पुनःनिर्माणका लागि सम्भव भएसम्म पुरानै काठ र निर्माण सामग्री प्रयोग गरेर पहिलेको जस्तै बनाइने राष्ट्रिय पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।

उक्त दरबारका चार कुनामा कीर्तिपुर, भक्तपुर, वसन्तपुर र ललितपुर गरी चारवटा साना दरवार रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter