• Monday, April 14, 2025

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण; राहत, उद्धार तथा पुनः स्थापनामा जुट्न प्रचण्डको आह्वान

Koshi Floodनेपालगञ्ज, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ ।

जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई रु दुई लाख दिने निर्णय गरेको छ ।

गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।

सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गर्नुभयो । बाँके जिल्लाको कार्यक्रम सकेर उहाँ बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराउनुभएको छ ।

राहत, उद्धार तथा पुनः स्थापनामा जुट्न प्रचण्डको आह्वान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गर्नुभएको छ ।

आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो । बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै प्रचण्डले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताउनुभयो ।

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेशका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उहाँले तराई मधेशका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्नका लागि आह्वान गर्नुभयो ।

एक अर्को प्रश्नमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक आउँदो ५ गते पारित हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले)ले संविधान संशोधनमा समर्थन नजनाए पनि संविधान संशोधन विधेयकलाई निष्कर्षसम्म पु¥याउन सकारात्मक रहेको उहाँको भनाइ थियो ।

उहाँले दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि हटेनन् भने संविधान संशोधन विधेयक पारित हुने दाबी गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter