• Monday, May 19, 2025

संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह

President Meeting with leadersकाठमाडौं, भदौ ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै देशमा गएको बाढी, पहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्नुहुँदै उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरी यस्तो आग्रह गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

भेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनको उचित प्रबन्ध मिलाउन, प्राकृतिक प्रकोप न्यूनीनकरण गर्न अल्पकालीन र दीर्घकालीनरूपमा नदी प्रणालीलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले राजनीतिक दल र सम्बद्ध सबै पक्षलाई सहयोग पु¥याउन आह्वान गर्नु हुँदै प्राकृतिक विपत्तिलाई रोकथाम गर्न पूर्व तयारी हुनुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रपतिले आगो र बाढीबाट बढी प्रभावित हुने फुस र परालका घरहरूलाई विस्थापित गर्ने, नेपाली संस्कृति र कलालाई महत्व दिएर नयाँ बस्ती विकास गर्नेतर्फ यथोचित ध्यान दिन पनि आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले मुसहर, चमार, डोमजस्ता सीमान्तकृत र अति विपन्न समुदायको व्यवस्थित बसोबास र जीविकाको यथोचित प्रबन्ध गराउन जोड दिनुभयो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीका अनुसार राष्ट्रपतिले संविधानले परिकल्पना गरेअनुरूपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणतर्फ ध्यान केन्द्रित गर्दै सुखी र समृद्ध नेपाल निर्माण गर्नेतर्फ ध्यानाकृष्ट गराउनुभयो ।

उहाँले राष्ट्रिय हितलाई सर्वोपरि राखेर असंलग्न परराष्ट्रनीतिको सिद्धान्तका आधारमा साझा परराष्ट्रनीति अवलम्बन गर्न पनि सरकार तथा नेताहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter