मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

Deuba-cabinet-expanकाठमाडौँ, भदौ ४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ ।

मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन)राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँहरु सबै नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter