लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन : नेता रावल; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन; पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन

Bhim Rawalकाठमाडौँ, भदौ १९ गते । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो ।

उहाँले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा÷बढुवा गरेकामा विरोध जनाउनुुभयो ।

नेकपा९एमाले०का उपाध्यक्षसमेत रहनुभएका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि नियमबाट सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

यसपछि सभामुख ओनसरी घर्तीले यसका बारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्व अर्थमन्त्री डा महत – पत्रकार सम्मेलन

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताउनुभएको छ ।

डा महतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीले वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्तताका सम्बन्धी जिज्ञाशामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको स्पष्ट पार्दै उहाँले पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली काँग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री डा महतले प्रदेश नं २ मा हुन लागेको निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट तालमेल नहुने स्पष्ट पार्दै स्थानीय तहमा देखिएको आवश्यकताले अन्य राजनीतिक दलसँग तालमेल भएको अवस्थामा केन्द्रले त्यसलाई सहमति दिने पनि स्पष्ट पार्नुभयो ।

काँग्रेसलाई देशको पहिलो पार्टी बनाउनका लागि नेतृत्वले गुट उपगुट वा तेरो र मेरो भन्ने भावनालाई त्यागेर पार्टीको मान्छे भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा जोड दिँदै उहाँले पार्टी सक्षम बन्यो भनेमात्र देशको विकासले गति लिने पनि आफ्नो अवधारणा रहेको बताउनुभयो ।

डा महतले बाढीले क्षतिग्रस्त बनेको र घरबासविहीन बन्न पुगेका पीडितको पक्षमा काँग्रेसले राहतसँगै उनीहरुको बचाउका लागि सक्दो सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगको निरन्तरता रहने जानकारी दिँदै प्रभावित क्षेत्रको पूर्वाधार विकासमा विस्तृत योजना बनाएर काम गर्नका लागि ध्यान दिन जरुरी छ भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter