लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : मन्त्री थापा; राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् : मन्त्री पाण्डे

government logoकाठमाडौँ, भदौ २६ गते । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ ।

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बन्नुभएको हो । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताउनुभयो ।

यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म वाणिज्य मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । रासस

। नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ ।

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बन्नुभएको हो । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताउनुभयो ।

यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म वाणिज्य मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । रासस

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् : मन्त्री पाण्डे

वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । “म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ”, मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले ऊर्जा, कृषि, पर्यटनको मुख्य आधार वन क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले काम गरिरहेको मन्त्रीलाई अवगत गराउनुभयो ।

उहाँले देश समृद्धिमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सचिव माथेमाले सम्पूर्ण कर्मचारीको तर्फबाट नवनियुक्त मन्त्री पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter