ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न आह्वान; ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता’

President Visitकाठमाडौँ, असोज १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याउनुभएका ज्येष्ठ नागरिक निश्चय नै राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । “ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ,” सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उहाँले सराहना पनि गर्नुभएको छ ।

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता’

प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उहाँले दिनुभएको सन्देशमा परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य हो भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकप्रति नमन गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा रहेका करिब २७ लाख ज्येष्ठ नागरिकले कुनै न कुनै तरिकाबाट आफ्नो ऊर्जाशील जीवन राष्ट्रको योगदानका लागि खर्चिनु भएको बताउँदै उहाँले ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक रही अमूल्य सम्पत्तिका रुपमा रहेको स्पष्ट गर्नुभएको छ । उहाँले नेपालको संविधानले मौलिक हकको माध्यमबाट ज्येष्ठ नागरिकप्रतिको राज्यको दायित्वको सिर्जना गरेको हुँदा सरकार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि सदैव चिन्तित रहेको बताउँदै भन्नुभएको छ, “राज्यको सीमित स्रोत र साधन हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि कतिपय कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको हामी सबैलाई थाहा छ, अझै पनि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता हुँदै गएको मैले महसुस गरेको छु । साथै उहाँहरुले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राष्ट्रका सबै पक्षले अनुसरण गर्नुपर्दछ भन्ने लागेको छ ।”

संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइला ः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter