भरतपुर महानगरले ३ अर्बको बजेट ल्याउँदै, कात्तिकभित्र नगरसभा

Chitwanचितवन , असोज १५ गते । चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु सुरु गर्न लागेको हो ।

बजेटको प्राथमिकता

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्रथामिकतामा रहने बताइन् । त्यसैगरी पिउने पानी र आयआर्जनका कामहरु अल्पकालिन योजनाका रुपमा रहने उनले बताइन् । दीर्घकालिन योजनाका रुपमा बृहत गुरुयोजना निर्माण गरी मेघा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्बाधार बिकासमा बिशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताइन् ।

दाहालले महानगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन पूर्बाधार बिकास नै पहिलो आवश्यकता देखिएकोले यसलाई अभियानको रुपमा अगाडि बढाइने उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेबाट नगर सभाका लागि तयारी थालिने बताए ।

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने जोशीले बताए ।

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिने छ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र

कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी

महानगरको बजेट तथा नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्र्वति शाहले बताइन् । उनका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ ।

महानगरले ६ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीतिमा बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछ ।

गतवर्षका अधुरा योजना यसपटक कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले उल्लेख गरिन् । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै ३ अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter