भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

Bhimeshwor temple Dolakhaदोलखा, असोज १६ गते । प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।

राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले आज भीमेश्वरमा क्षमापूजा गरिएको हो ।

पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गर्नुभएको थियो । सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । क्षमापूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको छ ।

सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका–२ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गर्नुभएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झवीन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई÷दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिएको छ । बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ ।

क्षमापूजा समापनपछि आजै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर–२ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter