एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर; देश बनाउँन र देश बचाउँन वाम एकता आवश्यक भएकाे हाे – ओली

Merger of Commuist Partiesकाठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनका तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यकर्ताले खचाखच भरिएको हलमा तीन पार्टीका अध्यक्ष हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएपछि तीन नेताले हस्ताक्षर गरेका थिए ।

वाम एकता र चुनावी तालमेल कुनै पार्टीविरुद्ध लक्षित छैन् – प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले राष्ट्रिय हितको लागि एकता प्रक्रिया सुरु गरेको बताए । एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच चुनावी तालमेल र एकताको प्रक्रिया बारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमान यस्तो कुरा बताएका हुन् । साथै उनले कम्युनिष्ट पार्टीहरुबीचको एकता र चुनावी तालमेल कुनै पार्टी वा शक्तिविरुद्ध लक्षित नभएको बताएका छन् ।

कहिलेकाही राजनीतिमा असम्भव मानिएका कुरा सम्भव हुने बताउँदै वृहत वाम एकता ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति भएको बताए । उनले शान्ति प्रक्रियालगत्तै आफ्नो पार्टीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न थालेको पूरा नभए पनि अहिले यो अधुरो काम पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

वाम एकता भएपनि चुनावी तालमेल भने अन्य लोकतान्त्रिक दलहरुसँग पनि गर्न सकिने बताए । उनले संविधान जारी भएपछि राष्ट्रिय सहमतिको आधारमा संविधान कार्यान्वयन गर्ने संकल्प पूरा नभएको बताए । ‘तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पुनः प्रधानमन्त्री पदमा उम्मेदवार हुने भएपछि यो योजना पूरा भएन’, दाहालले भने, ‘तर अहिले भएको यो तालमेल कांग्रेसविरुद्ध लक्षित होइन् ।’

देश बनाउँन र देश बचाउँन वाम एकता आवश्यक भएकाे हाे – ओली

तीन पाटीको संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हामी देश बनाउन र देश बचाउँन एक भएका बताएका छन् ।

साथै उनले आगामी चुनावमा तालमेल गरी छिट्टै वाम एकताको अभियानमा लाग्ने बताए । अागामी चुनावमा डा. बाबुराम भट्टरार्इ तथा अन्य नेता सूर्य चिन्नबाट चुनाव लड्ने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter