रेमिट्यान्स सदुपयोगका लागि विशेष कोष स्थापना गर्ने प्रस्ताव

remittanceसीता शर्मा / काठमाडौँ, असोज १७ गते । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा गएका नेपाली कामदारले कमाएको विप्रेषण (रेमिट्यान्स) सदुपयोग गर्नेगरी विशेष कोष स्थापना गर्ने प्रस्ताव गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूले आवश्यकता अनुसार रकम जम्मा गर्न सक्नेगरी विप्रेषण कोषको स्थापना गर्ने प्रस्ताव गरेको हो ।

मन्त्रालयले अन्तिम रूप दिइसकेको ऐनको मस्यौदामा सरकारले विदेशमा कार्यरत नेपालीले पठाउने विप्रेषणलाई सदुपयोग गर्न ‘विप्रेषण कोष’ (रेमिट्यान्स फन्ड) स्थापना गर्ने उल्लेख छ । त्यो कोषमा विदेशबाट कामदारले नेपालमा पठाउने विप्रेषणको निश्चित प्रतिशत हिस्सा बचतका रूपमा जम्मा गरिनेछ ।

यसअघि कामदारको पुँजी लगानी गर्नेगरी श्रम बैङ्क स्थापना गर्ने तयारी गरिएकोमा उक्त योजनाले मूर्त रूप पाउन सकेको थिएन । सरकारले संशोधित ऐनमा त्यस्तै अवधारणा अनुसारको विप्रेषण कोषको व्यवस्था गर्न लागेको छ ।

मन्त्रालयका प्रवक्ता भुवन आचार्यले कोषमा वैदेशिक रोजगारीमा रहेको र फर्किएको कामदारले चाहेअनुसारको रकम लगानी गर्नसक्ने जानकारी गराउनुभयो । उहाँका अनुसार अब सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकमको निश्चित प्रतिशत स्वतः कोषमा जम्मा हुने व्यवस्था गर्न सक्नेछ । त्यसलाई नियमावली र कार्यविधिमार्फत व्यवस्थित गर्दै विदेशमा कमाएको रकम उपभोगमै खर्च हुने अवस्था अन्त्य गर्ने योजना अघि सारिएको छ ।

प्रवक्ता आचार्यले विदेशमा दुःख गरेर कमाएको पैसा मोबाइल र टेलिभिजन, क्यामार, लत्ताकपडालगायतका विलासिताका सामग्री किनेरै सकिने भएकाले त्यसलाई केही हदसम्म भए नियन्त्रण गर्न यो कोष प्रभावकारी हुने विश्वास गरिएको बताउनुभयो । प्रस्तावित ऐनमा प्रस्ताव गरिएको कोष स्थापना गर्ने भन्ने लागू भएमा राज्य र कामदार दुबैलाई राम्रो हुने भनाइ उहाँको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार अहिले झन्डै ४० लाख नेपाली युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा छन । प्रत्येक वर्ष झन्डै चार लाख युवा रोजगारीका लागि विदेश जाने गरेका छन् ।

नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार ती युवाले कमाएर नेपाल पठाउने विप्रेषणको अधिकांश हिस्सा उपभोगमै खर्च हुने गरेको छ । हाल उत्पादनमूलक कार्यमा कुल विप्रेषणको १ दशमलब १ प्रतिशत मात्रै खर्च राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार कुल विप्रेषणमध्ये २८ प्रतिशत रकम बचत हुने गरेको छ भने २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न खर्च गरिन्छ । यस्तै अध्ययन अनुसार विप्रेषणको २४ प्रतिशत रकम दैनिक उपभोग्य सामानमा, र २३ प्रतिशत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च हुने गरेको छ ।

गएको आर्थिक वर्षमा विदेशबाट नेपालमा झन्डै सात खर्ब बराबरको विप्रेषण वैधानिक रूपमा भित्रिएको थियो भने यति नै बराबरको विप्रेषण अनौपचारिक माध्यम (हुण्डी)मार्फत आउने गरेको अनुमान छ । सरकारले प्रस्ताव गरेअनुसार कोष स्थापना भएमा अनौपचारिक माध्यमबाट आउने विप्रेषण निरुत्साहित हुने विश्वास गरिएको छ ।

विप्रेषणका रूपमा आउने निश्चित प्रतिशत पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन अनिवार्य गर्दा त्यसले राष्ट्रिय अर्थतन्त्रको सुधारमा पनि महìवपूर्ण भूमिका खेल्ने आचार्यको भनाइ छ ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरूङ्ले संशोधित ऐनमा प्रस्ताव गरेको गरिएको कोषको उद्देश्यअनुसार कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले सरकारीस्तरबाट सञ्चालित धेरै यस्ता कोष प्रभावहिन बनेकाले यो कोष कामदारका हितमा हुन्छ भन्ने आधार के त उहाँले प्रतिप्रश्न गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter