कुमारीको आम्दानी ५० लाख !

Kumariकाठमाडौँ, असोज १८ गते । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो ।

कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान गर्ने भेटी अहिले बैङ्क खातामा राख्ने व्यवस्था लागू गरिएको छ ।

देवी देवता र मन्दिरलाई प्राप्त हुने दक्षिणा तथा भेटी पारदर्शी र व्यवस्थित गर्ने गराउने क्रममा नेपाल सरकारले ल्याएको नीतिबमोजिम यो व्यवस्था गरिएको हो । गुठी संस्थानले दिएको जानकारीअनुसार गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौँडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पिठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ ।

पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन नीति सरकारद्धारा स्वीकृत भएपछि मुलुकका चल्तीका देवस्थलमा पनि यो प्रक्रिया लागू गर्न लागिएको हो । कुमारी मतिना शाक्य महाअष्टमीका दिन पदमुक्त हुनुभएपछि उहाँको स्थानमा मञ्जुश्री नकमहाविहारकी तृष्णा शाक्य नयाँ कुमारीमा नियुक्त हुनुभएको छ । रजस्वला हुने उमेर र अवस्था आएपछि कुमारी फेर्ने प्रचलन छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter