नेशनल ट्रेडिङलाई पुनः सञ्चालन गर्ने तयारी

National Tradingधनगढी , असोज १९ गते । सरकारी बेवास्ता र व्यवस्थापन पक्षको लापर्बाहीका कारण लामो समयदेखि बन्द रहेको नेशनल ट्रेडिङ लिमिटेड धनगढीलगायतका कार्यालय पुनः सञ्चालनका लागि पहल थालिएको छ ।

प्रदेश नं ७ को धनगढीसहित मुलुकका ११ स्थानमा व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको नेशनल ट्रेडिङ केन्द्रीय कार्यालयका महाप्रबन्धक लवराज जोशीले बताउनुभयो ।

व्यापारिक मालसामानको बिक्रीमा स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि यी कार्यालय बन्द भएका थिए । अहिले केन्द्रीय कार्यालयले शाखा कार्यालयलाई आगामी रणनीतिका बारेमा योजना पेश गर्न निर्देशन दिएपछि सबै कार्यालयले योजना पेश गरिसकेको महाप्रबन्धक जोशीले बताउनुभयो ।

तत्कालीन समयमा सुदूरपश्चिमको व्यापारलाई टेवा पु¥याउने उद्देश्यले २०१८ सालमा स्थापना गरिएको नेशनल ट्रेडिङ लिमिटेड शाखा कार्यालय धनगढीसहितका देशभरका कार्यालय २०४६ सालको राजनीतिक परिवर्तनसँगै व्यवस्थापनको कमजोरीका कारण बन्द प्रायः अवस्थामा रहेका थिए । यसका कारण ७ नं प्रदेशका २० जनासहित मुलुकभरका २६४ जना कार्यरत कर्मचारी पनि अहिले स्वेच्छिक अवकाशमा रहेको जनाइएको छ ।

गत जेठमा मन्त्रिपरिषद् बैठकले कार्यालयहरुको आगामी रणनीतिका लागि योजना माग गरेकामा पाँचबुँदे योजना तयार पारेर मन्त्रालयमा पठाइएको महाप्रबन्धक जोशीको भनाइ छ ।

चीनबाट पेट्रोलियम पदार्थ आयात गरी बिक्री गर्ने, निर्यात कम्पनीका रुपमा सञ्चालन गर्ने वा सरकारले अन्य कम्पनीसँग कार्यालयलाई ‘मर्ज’ गरी संरचनाको संरक्षणका लागि पहल गर्नुपर्नेलगायतका योजना त्यसमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

नेशनल ट्रडिङ कर्पोरेशनसँग अहिले देशभर रु १३ अर्ब मूल्य बराबरको जग्गा रहेको छ । यसबाहेक कार्यालयलगायतका भौतिक संरचना पनि मुलुकभर रहेका छन् ।

नेशनल ट्रेडिङ पुनः सञ्चालनमा आउन सके बजारमा हुने कालोबजारी र महँगी नियन्त्रण हुनाका साथै सस्तो एवं सर्वसुलभरुपमा गुणस्तरीय मालसामान पाइने सर्वसाधारणले अपेक्षा गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter