तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

palpa-darbarपाल्पा, असोज २० गते । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ ।

सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व स्थानीय युवाको सक्रियतामा फेरि संरक्षण हुन थालेको स्थानीयबासीले बताएका छन् ।

कोजाग्रत पूर्णिमामा कालिकादेवीको मन्दिरमा पूजागरी दिउँसो स्थानीय बासिन्दाको पहलमा तरबार लडाउने र अर्को पक्षले ढालले रोक्ने गरी सराय नाच निकालिने गरिन्छ ।

अघि पञ्चेबाजासहित विशाल ¥यालीपछि तरबार लडाउने युवा, कालिकादेवीको मन्दिरका पूजारीले निकालिएको सराय नाचमा रौनकता ल्याएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन बिहीबार सराय निकालेर रमाइलो हुने भएपछि पश्चिम पाल्पाका मानिसको त्यहाँ ओइरो लाग्ने गर्छ ।

मन्दिरमा रोट, कुखुरा, हाँस, बोका, राँगोलगायतको बलि चढाउने चलन छ । पूर्णिमाको अवसरमा समेत वडाले पञ्चबलि चढाउने चलन रहेको मन्दिरका पूजारी जंगबहादुर आलेले बताउनुभयो ।

मन्दिरमा बलि चढाएपछि तीन पटक कालीकादेवीको परिक्रममा गरेर सराय निकालिने गरिन्छ । स्थानीय बासिन्दा, युवा, मन्दिरका पूजारीको समेत सक्रियतामा लोपोन्मुख सराय नाच संरक्षणमा लागिपरेका थिए । तरबार बोकेका युवाले वाख्याँै हो भन्दै सरायलाई नाचमा सक्रियता देखाएपछि अझै रौनकता देखिएकोे स्थानीय बासिन्दा पोषण राना मगरले बताउनुभयो ।

सराय नाच निकाल्ने यो चलन झण्डै दुईसय वर्ष अघिदेखि रहेको मन्दिरका पूजारी आलेले जानकारी दिनुभयो । मन्दिरबाट निकालेको सरायमा तरबार लडाउने चलन अझै पनि रहेको छ । तरबार नचाउने र लडाएपछि पूजारीले कुभिण्डो काटेर सराय विर्सजन गरिन्छ । त्यसपछि घर÷घरमा रहेको टीका र जमरासमेत फूलबारीमा फाल्ने चलन रहेको आलेले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले कालिकादेवी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्दछ भन्नुभयो । इतिहासका जानकार निर्मल श्रेष्ठले सयरा नाचको महत्व झल्काउन सकेको अवस्थामा यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभयो ।

सराय अवलोकन लागि यो वर्ष उल्लेखनीय मानिसको उत्साहपूर्ण सहभागिता थियो । यो सराय पश्चिम पाल्पाको ठूलो सराय मेलाका रुपमा अझै निरन्तरता पाएको छ । सरायमा स्थानीय विभिन्न प्रकारका स्वादिलो खानाको स्वाद चाख्न पाइएको थियो । सो अवसरमा मुझुङ्ग पूर्णिमा महोत्सव २०७४ मूलसमितिको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter