पुनःनिर्माणका प्राविधिक स्थानीय तह मातहतमा

Reconstruction Womenनुवाकोट, असोज ३० गते । भूकम्पपीडित लाभग्राहीलाई निजी आवास पुनःनिर्माणमा प्राविधिक सहयोग पु¥याउन गाउँ–गाउँमा खटिएका प्राविधिकहरु स्थानीय तहको कार्यालय मातहतमा आएका छन् ।

यसअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मातहत रहेका प्राविधि आइतबारदेखि स्थानीय तहको कार्यालय मातहतमा हस्तान्तरण भएका छन् ।

भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माणका लागि प्रभावितलाई प्राविधिक जानकारी दिन खटिएका इञ्जिनियर, सव–इञ्जिनियर र असिस्टेन्ट सव–इञ्जिनियरहरुको हाजिरी, उनीहरुको कार्यप्रगति, रेखदेखलगायतको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोट प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।

“भवन कार्यालयमार्फत परिचालन हँुदै आएका प्राविधिकहरु कार्य क्षेत्रमा नबस्ने, कार्य क्षेत्रमा पुगे पनि भूकम्पपीडितलाई आवास निर्माणमा अपेक्षाअनुसारको सहयोग नगर्ने, जिम्मेवारी बहनमा लापर्बाही गर्नेलगायतका व्यापक गुनासो आएपछि पुनःनिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशनमा आइतबारदेखि नुवाकोटमा कार्यरत रहेका सबै प्राविधिक स्थानीय तहमा पठाएको जनाएको छ ।

आवास निर्माणका लागि नुवाकोटका इञ्जिनियर ९३ जना, सव–इञ्जिनियर ५२ जना र असिस्टेन्ट सव–इञ्जिनियर ५७ जना कार्यरत रहेका छन् । यो संख्या केन्द्रीय आयोजना कार्यान्वयन एकाइले निर्धारण गरेको दरबन्दीभन्दा करिब आधा संख्या हो ।

प्राविधिकहरु स्थानीय तहमार्फत परिचालन हुँदा भूकम्प प्रभावितले आवास निर्माणका लागि प्राविधिक सहयोग, परामर्श, अनुदान रकम प्राप्त गर्नका लागि सहजता मिल्ने विश्वास गरिएको छ ।

भूकम्पपीडितले आवास निर्माण गर्नका लागि प्राविधिक सहयोग नपाएको र आवास निर्माण गर्नेहरुले समेत प्राविधिकको लापरबाहीका कारण समयमै अनुदान रकम भुक्तानीमा समस्या देखिँदै आएकाले त्योसमेत अब अन्त्य हुने लिएको शहरी विकास कार्यालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter