पर्यटकीय सवारीसाधनलाई व्यवस्थित बनाउन बसपार्क

traval busकाठमाडौँ, कात्तिक ११ गते । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीले बताएका छन् ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम’का वक्ताले देशको विकासको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि बसपार्क आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष केदारनाथ शर्माले राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको गुनासो गर्नुभयो । “यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने पर्यटकीय बसलाई राज्यले बेवास्ता गरेको छ,” उहाँले भन्नुभयो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पश्चिमाञ्चल अध्यक्ष दिलप्रसाद गौतमले पूर्वाधारको अभावका कारण पर्यटकीय बससञ्चालन गर्न समस्या परेको बताउनुभयो । “पर्यटकीय बसलाई सहज रुपले सञ्चालन गर्नका लागि पर्यटन ऐनमा संशोधन गर्नुपर्ने आवश्यक छ,”– उहाँले भन्नुभयो ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले पछिल्लो समय युवा व्यवसायी पर्यटकीय बसतर्फ आकर्षित हुँदै गएकाले यूवा व्यवसायीको लगानीको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

विसं २०६७ मा स्थापना भएको टिवानमा हाल ३४ वटा कम्पनीले सदस्यता लिनुका साथै काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सौराहसम्म बस सञ्चालन भइरहेको टिवानका उपाध्यक्ष ईश्वर शर्माले जानकारी दिनुभयो । हाल काठमाडौँको जमलदेखि बिहान ७ बजे पोखरा र चितवनका लागि बस छुट्दै आएका छन् । साधारण सभाले आजै नयाँ कार्यसमिति समेत चयन गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव दीपक भट्टराईले बताउनुभयो ।

राससकर्मी रेग्मी सम्मानित

टिवानको सातौँ वार्षिक साधारण सभाले राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीलाई सम्मान गरेको छ ।

लामो समयदेखि विभिन्न सञ्चारमाध्यमको क्षेत्रबाट पर्यटकीय क्षेत्रमा देखिएका समस्या र यसको समाधानका बारेमा कलम चलाएको भन्दै रेग्मीलाई बटुकाजी खत्री स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । उहाँलाई रु १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

यसैगरी पर्यटन पत्रकार संघ (जाट) नेपालका प्रथम उपाध्यक्ष एवं पर्यटन न्यूज डटकमका सम्पादक शिव श्रेष्ठसमेत सम्मानित हुनुभएको छ । उहाँलाई रु १० हजार नगदसहित सम्मान गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter