मानवअधिकारमैत्री घोषणापत्र बनाउन माग; एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने

NHRCकाठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरुको समूह पूर्वआयुक्त समाजले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले तयार पार्ने घोषणापत्र मानव अधिकारमैत्री हुनुपर्ने माग गरेको छ ।

समाजमा अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी मंसिर १० र २१ गते हुने लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले तयार पार्ने घोषणापत्र मानवअधिकार मैत्री बनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा दलहरु आफ्ना आगामी कार्यक्रमको घोषणापत्र निर्माण गर्दै गरेको अवसरमा दलको मानव अधिकारप्रतिको प्रतिबद्धताको उच्च कदर गर्दै आफ्नो घोषणापत्र एवम् निर्वाचनको सन्दर्भमा गरिने प्रतिबद्धतामा राष्ट्रिय मानव अधिकार आयोगको संयोजनकारी तथा नेतृत्वदायी भूमिकाका लागि कानुनी व्यवस्था गर्ने प्रतिबद्धता मिलाउन अनुरोध गरिएको छ ।

मानव अधिकारप्रतिको प्रतिबद्धता र त्यसको संरक्षण र सम्बद्र्धनका लागि स्थापित राष्ट्रिय संयन्त्रको प्रभावकारिताप्रति दलको भूमिका अझ सशक्त बनाउनका लागि समेत विज्ञप्तिमा माग गरिएको छ ।

एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि बढेको छ ।

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्ट बढेको हो ।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्याँकन गर्दै उहाँका विरुद्ध उम्मेदवारी नउठाउने निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याएर उम्मेदवार बनाउन एमाले भक्तपुरले माग गरेको छ ।

यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको र एमालेको मजबुद रहेको क्षेत्रमा नेमकिपालाई छाड्ने निर्णय अमान्य भएकाले उम्मेदवारी दिन माग गरेको एमाले नेता दामोदर दंगालले बताउनुभयो ।

एमाले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक मोहनवीर श्रेष्ठ र सचिव शम्भु दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भक्तपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ बिजुक्छेलाई छाड्ने निर्णय सच्याउन माग गर्दै उम्मेदवारी दिन माग गरेको छ ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भक्तपुर क्षेत्र नं १ मा बिजुक्छेलाई छाड्ने र एमालेले उम्मेदवारी नदिने भन्ने निर्णयबाट आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका लागि नाम सिफारिश गरेर जिल्लाले पठाएको छ, केन्द्रीय तहमा के निर्णय भयो, मलाई थाहा छैन र पार्टी जिल्ला कमिटीलाई जानकारी पनि आएको छैन ।”

एमालेले निर्वाचन क्षेत्र नं २ को प्रदेश नं २ (ख) मा पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ । एमाले स्रोतका अनुसार स्थानीय तह निर्वाचनमा एमालेले नगरप्रमुख विजयी भएको मध्यपुरथिमि नगरपालिका रहेको उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भएसँगै एमाले थिमिका नेता कार्यकर्ता असन्तुष्ट भएका छन् ।

यस प्रदेशमा वाम गठबन्धनअनुरुप एमालेले माओवादी केन्द्रका लागि छाडेपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट जाहेर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा गएको बताएका छन् । यस प्रदेशमा एमालेले पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत सिफारिश गरेको थियो ।

एमालेले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ (ख) मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिश गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योग मन्त्री महेश बस्नेतको नाम सर्वसम्मत सिफारिश गरेको छ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिश गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter