• Saturday, April 12, 2025

चमेलियाको एक युनिटबाट मङ्सिर दोस्रो साताभित्र बिजुली

hydropower projectकाठमाडौँ, कात्तिक १७ गते । निर्माणको अन्तिम चरणमा पुगेको चमेलिया जलविद्युत् आयोजनाको एउटा युनिट आगामी मङ्सिर दोस्रो साताभित्र सञ्चालनमा ल्याउने तयारी प्राधिकरणले गरेको छ । ३० मेगावाट क्षमताको सो आयोजनाको एउटा युनिटबाट १५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार ठेकेदार कम्पनीसँगको पछिल्लो छलफलपछि काममा पुन तीव्रता आएको छ । उहाँले भन्नुभयो, मङ्सिरको दोस्रो साताभित्र एउटा युनिट सञ्चालनमा ल्याउन सकिन्छ । अर्काे युनिट केही दिन ढिला हुनसक्छ ।

सिभिलतर्फको हेड वक्र्सको मर्मतका कार्य भइरहेकोले सुरुङमा पानी हाल्ने काममा केही दिन ढिलाइ हुने भएको छ । हेड वक्र्सका काम सकिने बित्तिकै सुरुङमा पानी भर्ने र यसकोे परीक्षण सकिएपछि एउटा युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य आयोजनाले बनाएको छ ।

हालसम्म आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल परीक्षण गर्ने कार्य पूरा भइसकेको छ । आयोजनास्थल दार्चुलाको बलाँचस्थितको सव स्टेसन र अत्तरियास्थितको सव स्टेसनको पहिलो चरणको परीक्षण पनि भइसकेको छ ।

ठेक्का सम्झौता अनुसार विद्युत् गृहलाई यन्त्र, उपकरण आपूर्ति गर्ने कम्पनीका इन्जिनियरले अन्तिम परीक्षण गर्नुपर्ने शर्त भएकाले आयोजनालाई उपकरण आपूर्ति गर्ने स्वीटजरल्यान्डको इलेक्ट्रोनिक कम्पनी एबीबीका प्राविधिक टोलीले प्रसारण लाइन तथा अन्य उपकरणको अन्तिम परीक्षण गर्न बाँकी रहेको छ । एबीबीका प्राविधिकहरू एक हप्ताभित्रै नेपाल आएर परीक्षण गर्ने कार्ययोजना रहेको प्रमुख दाहालले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter