• Saturday, April 12, 2025

सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा

Election Commissionनवलपरासी, कात्तिक १८ गते । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् ।

नवलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता रहेका छन् ।

प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता रहेको प्रदेश नं ६ को १० जिल्लामा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

यसैगरी कूल २९ लाख ९३ हजार ७२० मतदाता रहेको प्रदेश नं १ को १४ जिल्लामा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ निर्वाचन क्षेत्र तोकिएको छ ।

कूल २७ लाख ६७ हजार ३९३ मतदाता रहेको प्रदेश नं २ को आठ जिल्लामा प्रतिनिधि सभाका लागि कूल ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र तोकिएका छन् ।

यसैगरी कूल १५ लाख ६८ हजार ९२७ मतदाता रहेको प्रदेश नं ४ को ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ भने कूल २७ लाख ४० हजार ८६९ मतदाता रहेको प्रदेश नं ५ को १२ जिल्लामा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र तोकिएका छन् ।

त्यस्तै कूल १४ लाख ३५ हजार ६७४ मतदाता रहेको प्रदेश नं ७ को नौ जिल्लामा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

संघीय संरचनाअनुरुप नेपालमा कूल ७७ जिल्लामा प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter