• Tuesday, April 22, 2025

नागढुंगा सुरुङ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काTunnel Roadठमाडौँ, कात्तिक २२ गते । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार ३० दिने सूचना जारी गरिएको नागढुंगा सुरुङ निर्माण आयोजनाले जनाएको छ ।

मार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । मार्ग निर्माणका लागि काठमाडौँतिरको जग्गा अधिग्रहण गर्न लागिएको हो । हालको चन्द्रागिरि नगरपालिका साविकको महादेवस्थान, थानकोट, बलम्बु र दहचोक गाविसका सरकारी एवम् निजी जग्गा, घर, रूख, बिरुवा र बाली नालीको मुआब्जा दिई जग्गा अधिग्रहण गरिने छ ।

“बस्नेतछापमुनिको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म दुई दशमलव सात किमी सुरुङ निर्माण हुन्छ, यो मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सस्तो ब्याजदरको ऋण सहयोग गरेको छ, यसको लागत रु १७ अर्ब छ”, उहाँले भन्नुभयो ।

वार्षिक शून्य दशमलब ०१ प्रतिशत ब्याजको यो ऋण ४० वर्षमा तिरिसक्नुपर्ने आयोजनाले जनाएको छ । सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

सुरुङको पूर्वी खण्डको प्रवेश मार्ग राजमार्ग सरह केन्द्रबाट २५÷२५ मिटर बन्ने आयोजनाका इञ्जिनियर छविलाल पौडेलले बताउनुभयो । सुरुङ पार गरेर धादिङको सिस्नेखोला पुगेपछि भने ५०० मिटर मात्र प्रवेश मार्ग बनाएपछि राजमार्गसँग जोडिन्छ । धादिङतिरको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न सूचना जारी गर्ने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter