• Saturday, April 12, 2025

नेपाल अफगानिस्तानसँग पराजित

Cricketकाठमडौँ, मंसिर १ गते । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिलले शाहले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वाधिक ७१, इक्रम अलीले १८, इब्राहिम अली खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा अविजित रहे ।

नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिए । फाइनलमा अफगानिस्तानले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter