३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग; सबैभन्दा बढी मतदान बाजुरामा

Election Commissionकाठमाडाैं, १० मंसिर। प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा ६५ प्रतिशत मतदान भएकाे निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै अायाेग केन्द्रीय कार्यालयमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले ६५ प्रतिशत मतदान भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

सबैभन्दा बढी मतदान बाजुरामा

निर्वाचन अायाेगले अाइतबार मतदान भएका ३२ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा मत खसेकाे जनाएकाे छ । बाजुरामा ८० प्रतिशत मतदान भएकाे अायाेगकाे भनाइ छ ।

रुकुमका दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान गरिने भएको छ । मतदानको क्रममा एसिड हालेर केही मतपत्र जलाइएकाले पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरूको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्र धमलाले जानकारी बताए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि मतपत्र जलाइएकाले मतदान स्थगित भएको थियो ।

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter