• Saturday, April 05, 2025

लैगिंक हिंसाका घटनामा वृद्धि

Chaupadiडडेल्धुरा, मंसिर १० गते । जिल्लामा लैंङ्गिक हिंसासम्बन्धी घटना वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ । आव २०७१÷७२ मा लैंगिक हिंसासम्बन्धी ११४, ७२÷७३ मा ११७, ७३÷७४ मा १६३ र चालु आव २०७४÷७५ को चौमासिकसम्म ३२ लैंगिक हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् ।

वार्षिक रुपमा ५० देखि ६० उजुरीमाथि मात्र सुनुवाइ हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अपराध लुकाउनु पनि कानूनअनुसार अपराध मानिने भए पनि डडेल्धुरामा कतिपय घटना पीडितले नै आफ्नो व्यक्तिगत सम्मानमा नराम्रो असर पर्ने भनी लुकाउने प्रवृत्तिले जिल्ला प्रहरी कार्यालयमा कमै उजुरी दर्ता हुने गरेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

महिला हिंसाविरुद्ध काम गर्ने र जनचेतना फैलाउने सरकारी र गैरसरकारी निकायको पहलमा महिला हिंसाका घटना दर्ता बढी भएको र लुकेर बसेका घटना पनि बाहिर आउन थालेको अगुवा महिलाको भनाइ छ । आफ्ना अधिकार र हिंसाबाट मुक्त हुनका लागि न्यायालायसम्म जानुपर्ने कुरा सबै महिलाले थाहा पाएपछि हिसांत्मक गतिविधिका घटना बाहिर आउन थालेको भागेश्वरकी अगुवा महिला अधिकारकर्मी शान्ति जोशीले बताउनुभयो ।

पीडितले नै आफूमाथि भएको अन्याय लुकाउनाले पीडक झन् सक्रिय हुने र समाजमा हिंसा बढ्दै जाने प्रहरी उपरीक्षक चक्रराजले जानकारी दिनुभयो । बेरोजगारी, अशिक्षा, गरिबी, घरेलु हिंसा, प्रेम विवाहमा तनाव, कुलत र विशेषगरी व्यक्तिमा हीनताबोधका कारण हत्याका घटना बढिरहेको जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांकले जनाएको छ ।
लंैगिक हिंसासम्बन्धी अन्त्यका लागि सबै ‘जुटौँ, कोही नछुटौँ’, भन्ने मूलनाराका साथ महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरी नायब उपरीक्षक चक्रराजले समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसा अन्त्य गर्न पीडित नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डडेल्धुरा जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालले लैंगिक हिंसा अन्त्य गर्न १६ दिन मात्र नभएर वर्षका ३६५ दिन नै घर÷घरबाट नै कार्यक्रम गर्नुपर्ने बताउँदै लैंगिक हिंसासम्बन्धी साना घटना भए मेलमिलाप केन्द्र र नभए न्यायिक प्रक्रियामा ल्याउनुपर्ने सुझाव दिनुभयो । यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter