• Saturday, April 05, 2025

मुक्त कमलरी आत्मनिर्भर हुँदै

File Photo

कञ्चनपुर, मङ्सिर १२ गते । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् ।

मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक रु पाँच सयभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

सहकारीबाट उहाँले १४ प्रतिशत ब्याज तिर्ने गरी रु ११ हजार ऋण लिनुभएको हो । एक महिनामै सिलाइ मेसिन खरिद गर्न लिएको ऋण चुक्ता गरी मासिक रुपमा उहाँले रु १५ हजारदेखि १७ हजारसम्म कमाइ गर्दै आउनुभएको छ । चौधरीले भन्नुभयो, “मालिकको घरबाट मुक्त हुँदा न हातमा सीप थियो नत केही गर्नका लागि रकम नै ।”

“दातृ संस्थाले सीप सिकायो, त्यसपछि सहकारीमा आवद्ध भँए, ऋण लिएर कार्य गर्न थालेपछि दिनप्रतिदिन आम्दानी बढन थालेको छ” उहाँले बताउनुभयो, “पूरै घरखर्च सिलाइको पैसाबाट आउने आम्दानीले धान्दै आएको छु । ”

उहाँजस्तै सहकारीबाट ऋण लिएर दैजीको भम्कामा खाजा पसल सञ्चालन गर्दै आउनुभएकी सीता डगौराले समेत मनग्य आम्दानी गर्दै आउनुभएको छ । सो पसलबाट उहाँको मासिक रु तीस हजार भन्दा बढी आम्दानी हुनेगरेको छ ।

सहकारीमा आवद्ध तीन दर्जन बढी मुक्त कमलरीले आयआर्जनका लागि सीप सिकेर आम्दानी गर्दै आएको सहकारीका सचिव कलवती डगौराले बताउनुभयो । उहाँका अनुसार हालसम्म सहकारीले आयआर्जनका लागि रु ६ लाख १७ हजार ३११ रकम परिचालन गरेको छ ।

सहकारीमा आवद्ध १५९ जनाको रु दुईलाख ४८ हजार बढी रकम बचत भएको छ । सहकारीले बचत गर्ने कमलरीलाई चारदेखि नौ प्रतिशत प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । कृषि, व्यापार, घरायसी खर्च, घडेरी खरिद र स्वास्थ्य उपचारका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सचिव डगौराले बताउनुभयो ।

‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ को नारा लिई सहकारीलाई विश्वशनीय, पारदर्शी र इमान्दारीका साथ अगाडि बढाउँदै आएको मुक्त कमलरीका भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter