छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

Electionकाठमाडौँ, मङ्सिर १२ गते । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ ।

अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका छन् ।

छवटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter