• Wednesday, June 11, 2025

मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित; व्यापारघाटा कम गर्न श्वेतपत्रको तयारी

President inaugurationकाठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ ।

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताउनुभयो ।

नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जमातको लर्को रोकिएको छैन । झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ ।

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताउनुभयो ।

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ ।

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताउनुभयो । उहाँले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गर्नुभयो । राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताउनुभयो ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता बिक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नवीन सम्भावनाको खोजी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको सो अठोटलाई मूर्तरुप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

व्यापारघाटा कम गर्न श्वेतपत्रको तयारी

निर्यात प्रोत्साहन गर्दै चुलिँदो व्यापारघाटा कम गर्न सरकारले विशेष रणनीतिसहितको ‘श्वेतपत्र’ जारी गर्ने तयारी गरेको छ । सङ्घीय संरचनामा आर्थिक वृद्धिलाई सहयोग पु¥याउन निर्यात प्रवद्र्धनका ‘प्याकेज’ समेटिएको श्वेतपत्र बनाउने तयारी अघि बढाइएको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । समग्र आर्थिक विकासमा टेवा पुग्ने गरी ‘रोडम्याप’ निर्माणको प्रक्रिया अघि बढाएका छौँ, उहाँले भन्नुभयो, विशेषगरी मुलुकको व्यापारघाटा कम गर्ने रणनीति यसले तयार गर्नेछ ।

श्वेतपत्रमा विशेषगरी निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र आयात व्यवस्थापनलाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ । कतिपय वस्तुको आयात निरुत्साहित गर्नुपर्ने र निर्यातमा पनि व्यवसायीको संलग्नता बढाउनुपर्ने भएकोले बृहत योजनासहितको श्वेतपत्र तयार गरिने सचिव घिमिरेले जानकारी दिनुभयो । अहिले हामीले १३० मुलुकबाट आयात गरिरहेका छौं । आयात–निर्यातको अनुपात पनि बढ्दैछ । यस्तोमा घाटा कम गर्न आयात व्यवस्थापन गर्नुपर्ने देखिएको छ, उहाँले भन्नुभयो । खासगरी इनर्जी ड्रिङ्क, सफ्ट ड्रिङ्क, मोबाइल, अल्कोहोलिक पदार्थ, सुर्तीजन्य पदार्थ, पहेलो धातु, सवारीसाधनजस्ता वस्तुको आयात निरुत्साहन गर्ने रणनीतिमा मन्त्रालय रहेको छ ।

त्यस्तै निर्यात वृद्धिका लागि ‘प्रोत्साहन प्याकेज’ निर्माण गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनेतर्फ पनि मन्त्रालयले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि उपलब्ध गराइँदैआएको निर्यात प्रोत्साहनको डिजाइन नै परिवर्तन गरेर त्यसको प्राविधिक सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ । अहिले हामीले हामीजस्तै केही देशको निर्यात रणनीतिका विषयमा अध्ययन पनि गरिरहेका छौँ, उहाँले भन्नुभयो, सबै अध्ययनबाट नेपाललाई उपयुक्त प्रोत्साहन प्याकेज सुरु गर्नेछौँ । byapar

मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि एकीकृत व्यापार रणनीतिले पहिचान गरेका अदुवा, अलैँची, पश्मिना, कफी लगायतका वस्तुको ‘भ्यालु एड’ गर्न विभिन्न जिल्लामा कार्यक्रम पनि सञ्चालन गर्नेभएको छ । यसबाहेक आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धनका लागि मन्त्रालय आफैले मेला आयोजना गर्ने योजना पनि बनाएको छ । नेपालले गत आर्थिक वर्षमा कुल ७३ अर्ब १२ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो तर सोही वर्ष आयात भने कुल नौ सय ८५ अर्ब ९५ करोड रुपियाँ पुगेको थियो । यस हिसाबले गत आवमा मात्रै कुल नौ सय १२ अर्ब रुपियाँको व्यापारघाटा देशले व्यहोर्नुपरेको थियो । चौधौ योजना अनुसार कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अनुपात ३० प्रतिशतले कम भएर ७८० अर्ब पुग्नुपर्ने अनुमान गरिएकोमा घाटा भने निरन्तर बढिरहेको छ । चालू आर्थिक वर्षमा पनि देशको व्यापारघाटा ९५६ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter