विदेशी लगानीमा उत्साह

investmentविश्वास रेग्मी / काठमाडौँ, पुष १० गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले विदेशी लगानीकर्ताबाट उच्च लगानी प्राप्त गरेको छ । गत आर्थिक वर्षभरिमा कुल १३ अर्ब लगानी प्राप्त भएकोमा चालु आवको चार महिनाभित्रै दस अर्ब बढी प्रत्यक्ष विदेशी लगानी नेपाल भित्रिसकेको राष्ट्र बैङ्कले जनाएको छ । यस अवधिमा नेपालले कुल १० अर्ब १६ करोड ५३ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको हो । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा करिब दोब्बर नजिक हो । गत आवको चार महिनामा नेपालले पाँच अर्ब ७१ करोड सात लाख रुपियाँ विदेशी लगानी भित्र्याएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । नेपालले हरेक वर्ष विदेशी लगानीबापत ठूलो प्रतिबद्धता प्राप्त गर्दै आएको भए पनि प्रत्यक्ष लगानी भने त्यसको तुलनामा निकै कम मात्र देखिन्थ्यो । यद्यपि चालु आवको पहिलो चौमासिकमै विदेशी लगानीमा भएको उच्च वृद्धिले यस वर्ष थप लगानी बढ्ने सङ्केत देखिएको राष्ट्र बैङ्कले जनाएको छ । लगानीकर्ताले राष्ट्र बैङ्कबाट स्वीकृति लिएपछि मात्रै नेपालमा लगानी गर्न सक्ने प्रावधान छ ।

अर्थतन्त्र मिश्रित

राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आवको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रको स्पष्ट दिशा देखाउन सकेको छैन । बैङ्कले हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कले अर्थतन्त्रको परिदृश्य मिश्रित रहने उल्लेख गरेको छ । औद्योगिक क्षेत्रमा देखिएको सुधारले आगामी अर्थतन्त्रको सकारात्मक परिदृश्य निर्माण गर्नेतर्फ केन्द्रीय बैङ्कले सङ्केत भने गरेको छ । निर्माण कार्यले लिएको गति, उत्पादन क्षेत्रमा भएको क्रमिक सुधार, औद्योगिक कर्जाको विस्तार तथा पर्यटन क्षेत्रमा आएको सुधारले पनि अर्थतन्त्र सकारात्मक सङ्केत देखिने बैङ्कको ठहर छ ।

बढ्यो मुद्रास्फीति

चालु आवको कात्तिक महिनामा महँगीको दर बढेको छ । प्रतिवेदन अनुसार असोजमा ३.१ प्रतिशत रहेको यस्तो दर कात्तिकमा ३.९ प्रतिशत पुगेको छ । यस अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशतमात्र रहेको छ । खासगरी दलहन तथा गेडागुडीको मूल्यमा कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहेको हो । गैर खाद्य मुद्रास्फीति भने ५.१ प्रतिशत रहेको छ । यसबीचमा हिमालमा ५.४, पहाडमा ४.७, तराईमा ३.७ र काठमाडौँमा ३.२ प्रतिशतमा मूल्य वृद्धि सीमित रहेको छ ।

घट्यो रेमिट्यान्स

चार महिनासम्मको अवधिमा नेपाल भित्रने रेमिट्यान्सको दर अघिल्लो आवको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेर दुई खर्ब २८ अर्ब ९५ करोडमा सीमित हुन पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म रेमिट्यान्स आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा कमी आउँदा विपे्रषण आप्रवाहको दर पनि प्रभावित भएको देखिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter