ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

dhaka-topiतेह्रथुम, पुस ११ गते । तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ ।

केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ ।

गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि रु आठ लाख छ हजार १०० खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताउनुभयो ।

हालै यहाँका दशजना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालीमसमेत प्रदान गरिएको छ । उद्यमीका बीचमा ढाका कपडा उत्पादन, बजारीकरण, सीप र प्रविधि विकास तथा पुस्तान्तरणका विषयका लागिसमेत छलफल हुन थालेको छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १६५ जनालाई ढाका बुनाईसम्बन्धी तालीम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताउनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter