विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

Ranipokhari Templeकाठमाडौँ, पुस १२ गते । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन ।

विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो ।

गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।

विवादपछि रोकिएको पुनःनिर्माणको काम सञ्चालन गर्ने क्रममा विवादको विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।
प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्र्देशन दिइरहँदा उता उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्ने कुरा उठान गरिरहनुभएको थियो ।

सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भए पनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छ्रैन ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको विसं २०७२ माघ २ मा राष्ट्रपतिबाट शिलान्यास भइ पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन खोलिएको इतिहासमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter