थोपा सिँचाइले किसानलाई राहत

agricultureताप्लेजुङ, पुस २० गते । ताप्लेजुङको याङ्वरक गाउँपालिका–४, डुम्रिसेका किसानलाई थोपा सिँचाइले राहत दिएको छ । जिल्ला सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा साविक डुम्रिसे–७, माखोजा बस्तीमा थोपा सिँचाइका लागि पोखरी निर्माण गरेपछि स्थानीय किसानलाई राहत पुगेको हो ।

सिँचाइ डिभिजन कार्यालयको आठ लाख र जन श्रमदानसमेत करिब १० लाख रुपियाँको लागतमा चैते ताल पोखरी निर्माण भएको हो । पोखरी निर्माण भएसँगै माखोजा बस्तीका ३५ घर परिवारलाई राहत मिलेको स्थानीय रमेशकुमार राईले जानकारी दिनुभयो । अहिलेको हिउँदे समयमा तरकारी, फलफूल लगायत खेतीका लागि थोपा सिँचाइ प्रविधि अत्यन्तै प्रभावकारी भएको उहाँको अनुभव छ । सुख्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल बनाएर गरिएको खेतीमा थोपा सिँचाइ गर्दा थोरै जग्गाबाट पनि धेरै राम्रो फाइदा लिन सकिएको राईको भनाइ छ । सिँचाइकै अभावमा अधिकांश किसानले चाहेर पनि तरकारी, फलफूल र अन्य खेती गर्न सकेका थिएनन्, उहाँले भन्नुभयो, पोखरी निर्माण पछि अहिले माखोजाका सबै किसान खेतीमा सक्रिय छन् ।

सिँचाइका लागि प्रशस्त पानीको स्रोत नभएका ठाउँमा सानो पानीको मुहानलाई संरक्षण गरी पोखरी निर्माण गरेर थोपा सिँचाइ विधि अपनाउन सकिने भएकाले किसानको सोच यसतर्फ बढ्दैगएको हो । थोपा सिँचाइमार्फत व्यावसायिक कृषि खेती गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र थोपा सिँचाइ प्रविधि निक्कै प्रभावकारी हुने अगुवा किसान बताउँछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter