घरबास पदमार्ग अन्वेषण भ्रमण

Home Stayपोखरा, माघ ७ गते । गाउँ पर्यटन प्रवद्र्धनमञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरवास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्ग प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ ।

भिटोफका पदाधिकारी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको सहभागितामा उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो ।
पदयात्रा र घरवास पर्यटन एक अर्कामा सम्बन्धित भएका कारण यी दुबैलाई एकैसाथ अघि बढाउन भिटोफले ‘घरवास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफका अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो ।

पदमार्ग छोटिदै गएको अवस्थामा घरवास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।

कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोडिदा यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो ।

भिटोफका सल्लाहकार डा प्रेम शर्माले भन्नुभयो, “सुन्दर गाउँका बस्तीलाई व्यवस्थित गर्दै आयआर्जन गर्न सकिने कुरालाई स्थानीयवासीका साथै राज्यले प्राथमिकतामा राख्नु आवश्यक छ । ”

भिटोफका पूर्व अध्यक्ष तारानाथ पहारीले घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter