• Wednesday, June 11, 2025

असी घर चेपाङलाई खाद्यान्न र लत्ताकपडा

Chepang communityरत्ननगर, चितवन, माघ १८ गते । सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गर्नुभयो ।

‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी, चौकीडाँडा र इच्छाकामना गाउँलालिका–१ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी र थाप्राङ गाउँका ८० घर परिवारलाई ८० बोरा चामलसहित लत्ताकपडा वितरण गरिएको समूहका सदस्य नवीन कँडेलले जानकारी दिनुभयो ।

उनीहरुले गएको शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म नारायणगढका व्यवसायीबाट सहयोग जुटाएर चेपाङ बस्तीमा पु¥याइएको समूहका सदस्य शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरुलाई नारायणगढको हङकङ बजार, बिग बजार, गंगोत्री बजार र मिलनरोडका केही फेन्सी व्यवसायीले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए ।

‘वे ग्रुप’ले यसअघि गत साउनमा आएको बाढीबाट प्रभावित क्षेत्र माडीमा पनि आवश्यक भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । जिल्लामा उक्त समूहले गुट्खामुक्त अभियान चलाइरहेको छ । हरेक सोमबार सरसफाइ अभियानसमेत गर्दै आएको ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter