• Thursday, May 22, 2025

महिलाको प्रतिनिधित्व बढेकोमा खुशी छौंः महिला सांसद

Nepali Womenधनगढी, माघ २० गते । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै पनि यो प्रवृत्ति पूर्ण रुपमा हटिसकेको छैन । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद बनेर पहिचान बदल्न सफल कैलाली जिल्ला निवासी उमाले भन्नुभयो— “समय परिवर्तनले कोल्टे फेर्दै सीमान्तकृत वादी समुदायको व्यक्तिलाई सांसदको जिम्मेवारीमा पु¥याउदा न्याय भएको महसुस भएको छ ।”
उपल्लो भनिएका जातीहरुको घर÷घरमा पुगेर नाचगान गरेर हुने नगद कमाइ र अन्नको जोहो गरेर जीवनयापन गर्नु यो समुदायको दिनचर्या हुने गरेको थियो । यद्यपि अझै पनि यस्तो पवृत्ति र चलन कहिकतै कायमै रहेको पाईन्छ ।

‘अब वादी समुदायको हक हितका लागि प्रदेशसभामा लड्न तयार छु, दशवर्ष अघि काठमाडौँमा भएको वादी आन्दोलनको नेतृत्व गर्नुभएकी उमाले भन्नुभयो–“सांसदको रुपमा भूमिका निर्वाह गर्दा भने ७ नम्बर प्रदेशको विकास र समृद्धिका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेशसभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचनमार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाउनुभएको छ । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत रहेको छ ।

प्रदेशसभा सदस्यमा बझङ जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सांसद देवकी मल्ल महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्दै महिला अधिकार, महिला सशक्तिकरण लगायतका महिलाका मुद्दा सम्बोधन गर्न संसद्मा नीति नियम बनाउन अब सहज हुने बताउनुहुन्छ ।

‘राज्यका तहमा महिलाको प्रतिनिधित्व पहिलेको तुलनामा बढ्दा नयाँ र ऐतिहासिक परिवर्तनको अनुभूति भएको छ, प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद मल्लले भन्नुभयो–“अझै पनि महिलाको प्रतिनिधित्व ५०÷५२ प्रतिशतसम्म पु¥याउनुपर्छ र यसका लागि आन्दोलन जरुरी छ ।”

एमालेकी समानुपातिक सांसद सुशीला बुढाथोकीले सांसदको भूमिकामा बस्दा महिला हकअधिकारका कुरालाई सशक्त ढंगले उठाउने बताउनुहुन्छ । “महिला सशक्तिकरणको आवाज उठाउने कुरा त छदैंछ, बुढाथोकीले भन्नुभयो—जनप्रतिनिधिको रुपमा काम गर्दा सबै जनताको लागि काम गर्नुपर्छ ।”

कुन दलको कति महिला सांसद

यो प्रदेशमा नेकपा ९एमाले०बाट माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ९बोहरा०, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठजना सांसद हुनुहुन्छ ।

यस्तै नेकपा ९माओवादी केन्द्र०बाट निर्मला बडाल९जोशी०, कुन्ती जोशी, विनितादेवी चौधरी, शान्ति नेपाली र देवकी मल्ल गरी पाँच तथा नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुनुहुन्छ । यसैगरी राष्ट्रिय जनता पाटीबाट मालामति रानाथारु प्रदेशसभा सांसद हुनुहुन्छ ।

समुदायको प्रतिनिधित्व

समुदायको हकमा प्रदेश नम्बर ७ मा एमालेबाट खस आर्य समुदायका पाँच, दलित समुदायका दुई र चौधरी ९थारु० समुदायका एक महिला सांसद हुनुहुन्छ ।

यसैगरी काँग्रेसबाट खस आर्यका तीन र दलितका एक जना, माओवादी केन्द्रबाट खस आर्यका तीन, चौधरी थारुका एक र दलितका एकजना तथा राजपाबाट एकजना राना थारुका महिला सांसद हुनुहुन्छ ।

सभामुख, उप सभामुख, मन्त्रीको चर्चामा रहेका महिला सांसद

नेकपा एमालेका तर्फवाट डोटी जिल्लाबाट समानुपातिक कोटामा निर्वाचित सांसद पूर्णा जोशी प्रदेशसभाको सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।

बैतडीबाट समानुपातिक कोटामा एमालेबाट निर्वाचित माया भट्ट र कैलालीबाट निर्वाचित चुनकुमारी चौधरी मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । नेकपा माओवादी केन्द्रकी बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद देवकी मल्ल उप सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter