• Friday, May 02, 2025

मौरीपालनबाट वार्षिक तीस लाख आम्दानी गर्दै पूर्वप्राध्यापक

honeybee-honeycomb-macro_26201_990x742कपिलवस्तु, माघ २७ गते । यहाँको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ् ।

गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थाल्नुभएको हो ।

उमेरले ४५ वर्ष काटेका उहाँले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आउनुभएको छ । बीस घार मौरीबाट व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले बढाएर १०० घार पु¥याउनुभएको छ । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गर्नुभएका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाउनुभएको छ ।

एक सय घार मौरीबाट उहाँले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताउनुभयो । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उहाँको भनाइ छ । उहाँले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उहाँले अहिलेसम्म रु ४० लाख लगानी लगाउनुभएको छ ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गर्नुभएका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु”, “तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरो हो पोख्रलले भन्नुभयो ।

श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गर्नुभएका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिनुभएको छ । उहाँले मौरीको मह बेच्ने ‘अर्जुन बेस्ट हनी’ नामको आफ्नै पसल पनि सञ्चालन गर्दै आउनुभएको छ । पसलबाट पनि राम्रै कारोबार हुने गरेको उहाँको भनाइ छ । “आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।”

देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उहाँको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ । उहाँले भन्नुभयो, “त्यो काम आफूजस्ता पढेलेखेका बाटै सुरुआत गर्नुपर्ने देखेर मौरीपालन व्यवसाय थालेको हुँ । यस व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिने उहाँको तर्क छ ।”

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहनुभएका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताउनुभयो । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उहाँले बताउनुभयो । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उहाँको दाबी छ ।

“मह उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “यस क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” उहाँले प्रत्येक तीन÷तीन महिनामा मह काढ्ने गर्नुभएको छ । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको पोख्रेलले जानकारी दिनुभयो । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा ३०० बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको सहकारीका अध्यक्ष लीलापति घिमिरेले बताउनुभयो ।

यहाँ दलहन, तेलहन प्रशस्तमात्रामा लगाइने भएको कारण मौरीपालनका लागि राम्रो भएको उहाँले बताउनुभयो । साथै साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले तिनको फूल मौरीका लागि राम्रो आहार हुने किसान बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter