• Saturday, April 12, 2025

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

Lumbiniकपिलवस्तु, फागुन १ गते । कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविदलाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ ।

विज्ञको संयुक्त टोलीलाई आज स्थानीय सगरहवा, निक्लिहवा, अरौराकोट तथा लुम्बिनीका पुरातात्विकस्थल घुमाइएको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय तथा लुम्बिनी विकास कोषको आयोजनामा त्यस क्षेत्रको पुरातात्विक महत्व उनीहरुलाई बुझाइएको हो ।

ती क्षेत्रमा उत्खननका लागि अन्वेषण गर्न बंगलादेश, श्रीलंका, पाकिस्तान, बेलायत र इटलीका गरी १३ जनाको विज्ञ टोली गत महिना नेपालमा आएको थियो ।

भूभौतिक सर्भेक्षणबाट पुरातात्विकस्थल वरपरका जमिनको सतहभित्रको अवस्था बुझ्न र नयाँ तथ्य फेला पार्न आवश्यक उपायको अवलम्बन गर्न सकिन्छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा केही वर्षदेखि तिलौराकोटमा भइरहेको उत्खनन कार्यले उक्त स्थानमा इपु ८०० वर्ष पुरानो मानव सभ्यता रहेको प्रमाण प्राप्त भएको जानकारी दिनुभयो ।

उत्खननबाट पाइएका विभिन्न पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणपछि विभागले सो तथ्य बाहिर ल्याएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter