प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त; प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आज राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार उनलार्य मुख्यमनत्रीमा नियुक्त गरिएको हो । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त गर्ने कानुनी व्यबस्था छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको एमालेको ५१ सांसदसहित एकल बहुमत छ ।
प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त
प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् ।