• Tuesday, April 15, 2025

समृद्ध नेपाल निर्माणमा लाग्न उपराष्ट्रपतिको आग्रह

Vice Presidentदाङ, ३ फाल्गुन | दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि घोराहीमा ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरीय कृषि प्रर्दशनी २०७४’ सुरु भएको छ । १० दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले आज उदघाट्न गरेका हुन् ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समृद्ध नेपालका लागि सबैको ध्यान केन्द्रीत हुन आवश्यक भएको बताए । उनले प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रुपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्नतर्फ सबैको पक्षको हातेमोलो आवश्यक धारणा व्यक्त गरे ।

उनले भने, ‘म सरकार, नीजि क्षेत्र, सहकारी र अन्य सबै क्षेत्रलाई यो सभामार्फत समृद्ध नेपाल निर्माण गर्न केन्द्रित हुनु अपिल गर्दछु । प्रत्येक नेपाली नागरिकको आर्थिक तथा सामाजिक रुपान्तरणसहितको समृद्ध नेपाल निर्माण गर्न सबै अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’

मुलुकमा राजनीतिक रुपमा संक्रमणको अन्त्य हुँदै स्थिरताको सुरुवात भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले नेपाली राजनीतिक संघर्षको उपलब्धीहरुलाई संस्थागत गर्न संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भव्यतम रुपमा सम्पन्न भएको बताए ।

‘उद्योग व्यापार, कृषि एवं पर्यटनको विकास,परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवले स्थानीय उत्पादनलाई प्रर्दशनीसहित प्रोत्साहन गर्ने अपेक्षा गरिएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । महोत्सव उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृस्टी गरिएको थियो । महोत्सवको उद्घाटन गर्नु अघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

बिहीबारबाट सुरु भएको महोत्सव फागुन १३ गतेसम्म चल्ने आयोजन समितिले जनाएको छ । महोत्सवमा कृषि तथा लघु उद्यमका ३१ वटा स्टल सहित २ सय १९ स्टल राखिएको छ । महोत्सव अवधिच्भर पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । महोत्सवबाट भएको आम्दानी सामाजिक कामका साथै व्यवसायिक सचेतना कार्यक्रममा खर्च गरीने अध्यक्ष भुसालले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter