• Friday, June 13, 2025

मेलम्ची छ महिना ढिला हुने

melamchiलक्ष्मण दर्नाल / काठमाडौँ, फागुन ४ गते । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति फेरि पछाडि सरेको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण तोकिएको समयभन्दा फेरि पनि ६ महिना ढिला हुने सम्भावना
देखिएको हो ।

परियोजना सम्पन्न गर्नुपर्ने मिति २०७४ चैत १२ (सन् २०१८ मार्च २६) रहेकोमा तीन महिना बढाएर २०७५ जेठ ३१ (२०१८ जुन १४) पु¥याइएको छ । बन्द, हड्ताल, नाकाबन्दीलगायतका विविध कारणले काम गर्न नपाएको बाँकी दिन जोड्दै निर्माण कम्पनीले जुन १४ सम्म काम गर्न पाउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भन्नुभयो, काम सुरु गरेदेखि बीच–बीचमा कम्पनीले काम गर्न नपाएका दिनहरू रहेकाले उसले जुन १४ सम्म कानुनी रूपमै काम गर्न पाउँछ । काम गर्न नपाएका दिनहरू गनेर थपिएको छ । ठेक्का सम्झौताको प्रावधान यस्तो रहेकोमा आयोजनाको सुरुङको काम पनि सुस्त रहेको छ । melamchi

एक महिनादेखि औसतमा ४.२ मिटरका दरले सुुरुङ खनिएको र यो निक्कै ढिला खनाइ रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । निर्माण कम्पनीले पहिला ६ स्थानबाट सुरुङ खनेको थियो भने अहिले २ स्थानबाट मात्रै खनेको छ । हाल दैनिक बढीका ४.७ मिटर खनिएको छ भने घटीमा ३ मिटर खनिएको छ । हाल याल्थुम–सिन्धु खण्डमा २४० मिटर र ग्याल्थुमको एडिट सुरुङ ७२ मिटर बाँकी छ ।

सुरुङ छिचोलिएपछि पनि फिनिसिङ, भेन्टिलेसन, ढलानलगायतका काम गर्न कम्तीमा पाँच महिना थप समय लाग्ने अनुमान गरिएको छ । सुरुङको ब्रेकथु गर्न नै २४० मिटर बाँकी छ । हाल सरदर चार मिटरका दरले खन्दा पनि दुई महिनामा मात्र सुरुङ छिचोलिन्छ । निर्माण कम्पनीको व्यवस्थापन चुस्त नहुँदा पनि ढिलाइ भइरहेको उपकार्यकारी निर्देशक थापाले बताउनुभयो ।

त्यस्तै भेन्टिलेसनको काम पनि अझै सुरु भएको छैन । सुरुङ ढलानको काम पनि सुस्तगतिमा गरिएको छ । हालसम्म जम्मा ३ किमी मात्र ढलान सम्पन्न भएको छ । पटकपटक आग्रह गर्दा निर्माण कम्पनीले ढिलाइ गरिरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । निर्माण कम्पनीकै ढिलाइका कारणले मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म चारपटक समयावधि थप गरिसकेको छ ।

सुरुङको ब्रेकथ्रु गरिसकेपछि त्यसको आरसीसी ढलान र ड्रिल गर्न बाँकी छ । अहिले ग्याल्थुमबाट डाउन र सिन्धुबाट अप काम भइरहेको छ । अन्तिम समयमा कामको गति घटाउनु नै ढिलाइ हुनुको प्रमुख कारण भएको समितिको दाबी छ । साथै कम्पनीले जनशक्ति घटाउनु, काम गर्ने स्थान घटाउनु र दैनिक काम नै घटाएर ढिलासुस्ती गर्नु लापरबाही भएको समितिले जनाएको छ । निर्माण कम्पनीका अधिकारीहरूले भने यस विषयमा बोल्न नमिल्ने बताएका छन् ।

उपकार्यकारी निर्देशक थापाका अनुसार बाँकी रहेको अम्बाथान ग्याल्थुम खण्डमा कमलो चट्टान परेकाले माथिबाट आउन सक्ने पहिरो नियन्त्रण गरेर जोखिमपूर्ण तरिकाले काम गरिरहेको छ । अन्तिम समयमा कामको गति घटिरहेको छ । सुरुङको ब्रेकथ्रु गर्न ढिलाइ भइरहेको छ । तीन महिनाअघिसम्म दैनिक १२ मिटरका दरले सुरुङ खनिएकोमा हाल दैनिक ३ मिटरमा झरेको छ ।

निर्माण कम्पनीले ब्रेकथ्रु गरेको चार महिनासम्म पनि सुन्दरीजलको सुरुङको फिनिसिङ गरेको छैन । हेडबक्सको मुख्य काम पनि सुरु भएको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter