• Monday, April 14, 2025

राष्ट्रपति भण्डारी निर्वाचन दिवस समारोहमा सरिक

President Visitकाठमाडौँ, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो निर्वाचन दिवसको उपलक्ष्यमा आज आयोजित समारोहमा सरिक हुनुभयो ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी अर्याल अधिकारी हुनुहुन्छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेबापत समारोहमा उपसचिव देशबन्धु अधिकारीलाई तीन ग्रेड प्रदान गर्ने घोषणा गरियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रमुख निर्वाचन आयुक्त एवं आयुक्त सहभागी हुनुहुन्थ्यो ।

आवधिक निर्वाचन लोकतन्त्रको आधार नारा रहेको दोस्रो निर्वाचन दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतले सम्बोधन गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter