• Friday, May 23, 2025

नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

Rambahadur-thapa-badalकाठमाडौँ, फागुन १६ गते । गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो ।

प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उहाँले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाउनुभयो ।

इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यकतालाई पनि उहाँले आँैल्याउनुभयो ।

सो क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलिग्राफ सेक्सनको निरीक्षण समेत गर्नुभयो । उहाँले कमाण्ड सेन्टरमा ‘भिडियो कन्फेरेन्स’बाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने वचनबद्धता प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो भएको बताउँदै गृह मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनको विकास क्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे अवगत गराउनुुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter