पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुुपर्छ- महामन्त्री कोइराला

Shasankकाठमाडौँ, फागुन १६ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन आज टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीभित्र देखिएको दुर्दशाले काँग्रेसलाई फाइदा नपुग्ने भन्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “म पार्टी एकढिक्का भएर अगाडि बढाउन चाहन्छु,” कोइरालाले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, आनन्द ढुंगाना, मानबहादुर विश्वकर्मा, एनपी साउद, चन्द्र भण्डारी, प्रदीप पौडेल, कल्याण गुरुङ, दीपक खड्कालगायत नेताको उपस्थिति रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter