सर्वोच्चद्वारा पूर्वप्रधानन्यायाधीश पराजुलीको उमेरसम्बन्धी अभिलेख माग
काठमाडौंपोखरा, चैत १८ गते । । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका उमेरसम्बन्धी अभिलेख माग गरेको छ ।
अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले सम्बन्धित निकायबाट पराजुलीको उमेरसम्बन्धी अभिलेख मगाएको हो। आइतबार सर्वोच्चले प्रधान्यायाधीशको रूपमा पराजुलीलाई गरेको सिफारिसको निर्णय र उमेरसम्बन्धी निर्णय र राष्ट्रपतिसमक्ष उनले दिएको राजीनामासम्बन्धी कागजातहरू मगाएको हो।
पराजुली प्रधानन्यायाधीश हुनुअघि देखि नै पहिलो नागरिकता र नागरिकताको प्रतिलिपिमा उनको फरक उमेर देखिएको भन्द्र विवादमा तानिदै आएका थिए।