प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु

NATTAपोखरा, चैत १८ गते । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ ।

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चारदिने भ्रमणको आयोजना गरिएको हो । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मासहित पर्यटन सम्बद्ध संस्थाका क्रियाशील पर्यटन व्यवसायी र सञ्चारकर्मीको तीस सदस्यीय टोलीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बिदाइ गर्नुभयो ।

बिदाइ कार्यक्रममा मन्त्री लम्सालले प्रदेश नं ४ को समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै सरोकारवालासँगको सहकार्यमा यसको विकास अघि बढाइने बताउनुभयो । पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि त्यसको पहिचान अपरिहार्य भएकामा उहाँको जोड थियो ।

भ्रमणका क्रममा उक्त क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवालाबीच अन्तरक्रिया गरिने नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार अध्ययन भ्रमण सकेर भ्रमण टोली २१ गते पोखरा फर्कनेछ ।  रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter