• Friday, May 23, 2025

वैशाखदेखि रारामा फ्रि वाइफाई

rara-lakeसुर्खेत, चैत २२ गते । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो ।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पु¥याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिनुभयो ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उहाँले वताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter