न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

government logoकाठमाडौँ, वैशाख ११ गते । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।

अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयोे ।

उहाँका अनुसार सर्वोच्चसहित सात उच्च अदालत र ७७ जिल्ला अदालतमा न्याय सम्पादन गर्नका लागि ती कर्मचारी आवश्यक परेको हो ।

सर्वोच्चले गरेको संगठन व्यवस्थापन सर्वेक्षणमा न्याय सम्पादनका लागि छ हजार ६६५ कर्मचारी आवश्यक पर्नेमा अहिले मुलुकभरिका न्यायालयमा करीब चार हजार ५८६ कर्मचारी कार्यरत छन् ।

सर्वोच्चले प्रत्येक दश÷दश वर्षमा संगठन सर्वेक्षण गर्दै आएअनुसार अहिले मुलुकभरिका न्यायालयको संगठन सर्वेक्षण गर्दा ती थप कर्मचारी आवश्यक देखिएको हो ।

“विगत दश बर्षको तुलनामा न्यायालयमा करीब दोब्बर मुद्दा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “मुद्दाको चाप हेरी हामीसँग भएको जनशक्तिले न्याय सम्पादन गर्न समस्या परेको छ, त्यसैले नयाँ सर्वेक्षणअनुसार न्याय सम्पादन गर्न थप कर्मचारी आवश्यक परेको हो तर जनशक्ति नहुँदा फैसला लेख्न, कार्यान्वयन गर्न र मुद्दाफाँट चलाउन समस्या परेको छ ।”

संगठन सर्वेक्षणअनुसार सर्वोच्च अदालतमा अहिले ४५२ कर्मचारी रहेकामा थप १४७ कर्मचारी आवश्यक देखिएको छ । तीमध्ये दुईजना विशिष्ट श्रेणीका कर्मचारी आवश्यक परेको छ ।

प्रवक्ता पन्थीले नयाँ सर्वेक्षणअनुसार दरबन्दी स्वीकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो ।

अहिले सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशसहित २१ न्यायाधीश, उच्च अदालतमा १६० र जिल्ला अदालतमा २३८ न्यायाधीश छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter