• Thursday, May 15, 2025

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

President Authenticationकाठमाडौँ, वैशाख १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गर्नुभएको छ ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव,

प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter